मैले राजनीतिक जीवनमा कहिल्यै अहंकार पालिनँ: राजनाथ सिंह

IMG-20230618-WA0238.jpg

लखनऊ: रक्षामन्त्री राजनाथ सिंहले आइतवार इन्दिरा गान्धी प्रतिष्ठानमा ध्येय फाउण्डेशनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मैले राजनीतिक जीवनमा कहिल्यै अहंकार पालिनँ। जुन दिन व्यक्तिभित्र अहंकार जन्मिन्छ त्यै दिनदेखि उसको पतन पनि शुरू हुन्छ। यसैले कहिल्ये पनि अहंकार गर्नु हुँदैनl’
रक्षामन्त्रीले भने, ‘आम रूपमा जनतामा यो धारणा रहिआएको छ, ब्यूरोक्रेट्स जनता समक्ष त्यसरी पेश हुँदैनन् जसरी उनीहरूलाई पेश हुनुपर्छ। जुन दिन यस देशका नेताले ‘हुँदैन’ भन्न र ब्यूरोक्रेसीले ‘हुन्छ’ भन्न सिक्छ त्यै दिनदेखि देशको कल्याण हुनेछl’ आफूलाई विद्यार्थी जीवनदेखि नै राजनीतिको कीराले कुत्कुत्याउने गरेको उनले बताएl आपतकालमा उनी २३ वर्षको उमेरमा जेल गएका थिए।
राजनाथ सिंहले भने, ‘तपाईहरूले पदमा रहँदा यसमाथि पनि ध्यान दिनुपर्छ, तपाईहरूले कुनै पनि जनप्रतिनिधिद्वारा सुझाइएको राम्रो कुरालाई ध्यानपूर्वक सुन्नुहोस् र उचित लागे त्यसलाई व्यवहारमा लागू गर्नुहोस्। तपाईहरू समक्ष जनप्रतिनिधिले जनतासित सम्बन्धित मुद्दाहरूलाई त उठाउँछन् नै। यसैले तपाईहरूले आफ्नो क्षेत्रका जनप्रतिनिधिहरूसित मिलेर काम गर्नुपर्छ।
उनले भने, ‘कुनै पनि निर्णय लिनअघि महात्मा गान्धीको त्यस उद्गारलाई सम्झ्नुहोस् जसमा उनले भनेका छन्- ‘जुन सबैभन्दा गरीब मान्छेलाई तिमीले देखेका छौं उसको अनुहार सम्झेर आफ्नो हृदयसित सोध, जुन कदम उठाउनको लागि तिमीले विचार गरिरहेका छौ त्यो त्यस मान्छेको लागि कति उपयोगी हुनेछ? के त्योबाट उसलाई केही लाभ हुनेछ? हामीले आफूले निर्णय लिनअघि यो सोंच्नुपर्छ कि हाम्रो निर्णयले समाजको अन्तिम किनारमा बसेका मानिसहरूलाई कस्तो प्रभाव पर्छ?’ जुन दिन तपाईहरू यस सोंचलाई आत्मसात गरेर काम गर्न शुरू गर्नुहुन्छ मलाई विश्वास गर्नुहोस् कि त्यसदि तपाईहरूभित्र एउटा आत्म सन्तुष्टिको भाव आउनेछl’
उल्लेखनीय छ, रक्षामन्त्री राजनाथ सिंहको लखनऊ दौड़ाहको आज तेस्रो तथा अन्तिम दिन थियो। कार्यक्रमपछि उनी सोझै एयरपोर्ट पुगेर दिल्ली तर्फ प्रस्थान हुनेछन्। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement