सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगःदार्जीलिङ जिल्ला अस्पताल एफसी विजयी

photocollage_2023618173728902.jpg

१८ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ जिल्ला अस्पताल फूटबल क्लबले आफ्नो म्याच जित्यो। लेबोंग स्टेडियममा आइतवार खेलिएको दिनको दोस्रो म्याचमा दार्जीलिङ जिल्ला अस्पताल एफसी-ले मंगोलियन स्पोर्टिंग क्लब, भूटिया बस्तीलाई २-०-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट दुवै गोल सुमन सुब्बाले गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement