खरसाङ सुपर लीग:युनाइटेड दिलाराम फूटबल क्लब सजिलै विजयी

IMG-20230618-WA0229.jpg

१८ जूनः फूटबल खेल र खेलाड़ीहरूका जमीनी स्तरबाट विकासमा निरन्तर कार्य गर्ने खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित खरसाङ सुपर लीगमा युनाइटेड दिलाराम फूटबल क्लबले सजिलै जीत हासिल गऱ्यो। चानमारी मैदानमा आइतवार खेलिएको ग्रुप बी-को म्याचमा युनाइटेड दिलाराम एफसी-ले महानदी फूटबल क्लबलाई ८-२-ले पराजित गऱ्यो। विजेता टीमबाट प्रज्ज्वल राईले ह्याट्रिक गरे। यसबाहेक विशाल राई र सञ्जोक भुजेलले २-२ गोल गरे। एक गोल रौनक घलेले गरे। यसरी महानदी एफसी-बाट सोहन लेप्चा र सुजल तामाङले १-१ गोल गरे। आजको पहिलो म्याचमा नितेश देवान मुख्य रेफरी रहेका थिए। यसरी सहायकको भूमिकामा जयेस प्रधान र अरविन्द छेत्री थिए। फोर्थ अफिसियलको जम्मेवारी सत्यम थापाले निर्वाह गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *