अनाज चोरेको आरोपमा एक पक्राउ

IMG-20230618-WA0214.jpg

सिलगढी: फुलबारीको एउटा कम्पनीबाट प्लास्टिकको बोरामा राखेको अनाज चोरी गरेको आरोपमा पुलिसले शानिवार राती आलिया मोहम्मद नामको एक व्यक्तिलाई पक्राउ गरी आज जलपाईगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार फुलबारीको एउटा प्लास्टिक ग्रैन्यूल्स कम्पनीबाट समय-समयमा प्लास्टिकको बोरामा राखेको अनाज चोरी भइरहेकोले गर्दा घटनाबारे थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेको एनजेपी थाना पुलिसले एकजना व्यक्तिलाई पक्राउ गर्नको साथै आरोपीको घरबाट चोरी गरेको २१ बोरा अनाज उद्धार गरेको बताइएको छ।

पुलिसले घटनाको जाँच शुरू गरेको छ। स्मरण रहोस्, गत २५ मईमा उक्त कम्पनीबाट ६० बोरा अनाज चोरी भएको थियो। घटनापछि कम्पनीका अधिकारीले एनजेपी थानामा लिखित अभियोग दर्ता गरेको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *