जयपुर: चित्तौड़गढ़ जिल्लाको निम्बाहेड़ामा १०.४५ करोड़ रूपियाँको लागतले आईटीआई भवन निर्माण गरिनेछ। मुख्यमन्त्री अशोक गहलोतले यस सम्बन्धमा प्रस्तावलाई वित्तीय स्वीकृति प्रदान गर्नुभएको छ। यस आईटीआई भवनको निर्माणले क्षेत्रका युवाहरूले विभिन्न उद्योगहरूसित सम्बन्धित तकनिकी प्रशिक्षण प्राप्त गर्नसक्नेछन्, र उनीहरूको निम्ति रोजगारको नयाँ अवसर उपलब्ध हुनेछ।– हिस