सुदेन लामा स्मृति सेकेण्ड डीविजन लीगःशक्तिशाली दार्जीलिङ पुलिसको एकतर्फी जीत

photocollage_2023618163736985.jpg

१८ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित सुदेन लामा स्मृति सेकेण्ड डीविजन फूटबल लीगमा दार्जीलिङ पुलिसले एकतर्फी जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा आइतवार खेलिएको दिनको पहिलो म्याचमा दार्जीलिङ पुलिसले दार्जीलिङ भेटरन्स क्लबलाई ७-०-ले पिट्यो। ग्रुप ई-को यस म्याचमा विजेता टीमबाट मनीष सुब्बाले ह्याट्रिक गरे। यसबाहेक ग्याबो शेर्पाले २ गोल गरे। रहल दुईवटा गोल प्रशान्त (भाइचुङ) राई र शुभम (हर्के) लामाले गरे। यस लीगमा जम्मा २२ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई पाँचवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement