जलपाईगुडी: जलपाईगुडी जिल्लामा गएरातिदेखि हल्का वर्षा भइरहेको छ। पहाड तथा तराईका केही स्थानमा राति भारी वर्षा भएको छ। सिँचाइ विभागले राष्ट्रिय राजमार्ग ३१ जलढाकाको संरक्षित क्षेत्रमा टिस्टा ब्यारेजबाट पानी छोड्ने सन्दर्भमा पहेँलो सङ्केत जारी गरेको छ। टिष्टा र करला नदीको पानीको बहाव लगातार बढिरहेको छ। लामो प्रतिक्षापछि अन्तत जिल्लामा मनसुन प्रवेश गरेको छ। तर, विगत केही दिनदेखि जिल्लाभर नै परेको चिसोका कारण सर्वसाधारणलाई निकै समस्यामा परेको यहाँका बासिन्दा बताउँछन्। यता मनसुन भित्रिएसँगै गर्मीबाट सर्वसाधारणले राहत पाएका छन्। यस्तो ग्लोबल वार्मिङ आफूले कहिल्यै अनुभव नगरेको उनी बताउँछन्। जिल्लामा पहिलो पटक यस्तो तापक्रम महशुस भएको हो।










