नीरज चोपड़ाले डायमण्ड लीग लुसानेमा हिस्सा लिने सम्भावना

IMG-20230618-WA0141.jpg

१८ जूनः मांसपेशीको चोटबाट मुक्त हुने प्रक्रियामा रहेका विश्वका शीर्ष ज्याभलिन थ्रो एथलीट भारतका नीरज चोपड़ा ३० जूनमा लुसानेमा हुने डायमण्ड लीगको छैटौं चरणको माध्यमले फील्डमा फर्किने सम्भावना छ। डायमण्ड लीगको गत चरणका विजेता नीरजले यसबारे कुनै पुष्टि गरेका छैनन् तर आयोजकहरूले आफ्नो वेबसाइटमा उनले यस आयोजनमा हिस्सा लिने बताएको छ। वेबसाइटमा जारी बयान अनुसार, ज्याभलिन थ्रो प्रतियोगितामा भारतका ओलम्पिक च्याम्पियन नीरज चोपड़ाले चेक रिपब्लिकका जाकुब वाडलेच र जर्मनीका जूलियन वेबरको सामना गर्नेछन्। उल्लेखनीय छ, नीरजले गत महिना ट्विटरको माध्यमले प्रशिक्षणको अवधि उनको मांसपेशीमा चोट लागेको घोषणा गरेका थिए। यसैकारण उनले नीदरल्याण्डमा एफबीके गेम्स (४ जून) र फिनल्याण्डमा पावो नूरमी खेलहरू (१३ जून)-मा हिस्सा नलिने फसेला गरेका थिए। यस चोटले गर्दा उनी भुवनेश्वरमा जारी राष्ट्रिय अन्तरराज्यीय सीनियर एथलेटिक्स च्याम्पियनशीपबाट पनि बाहिर रहे। नीरजले ५ मईको दिन ८८.६८ मीटरको थ्रो गरी दोहा डायमण्ड लीगमा पहिलो स्थान हासिल गरी सत्रको असाधारण शुरुवात गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement