१८ जूनः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) क्वालीफाइंग राउण्डमा पोर्तुगलले जीत हासिल गरे पनि बेल्जियम ड्र-मा रोकियो। शनिवार राति खेलिएको ग्रुप जे-को म्याचमा पोर्तुगलले बोस्निया एण्ड हर्जेगोविनालाई ३-०-ले पराजित गऱ्यो। म्याचमा ६३ प्रतिशत पोजेशनको साथ खेल्ने पोर्तुगीच टीमबाट ब्रूनो फर्नाण्डेजले २ गोल गरे। म्यानचेष्टर युनाइटेडका फरवर्ड खेलाड़ीले ७७औं र स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। अन्य एउटा गोल बर्नार्डो सिल्वाले ४४औं मिनटमा गरे। यस जीतपछि पोर्तुगल ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। यस ग्रुपको अन्य एउटा म्याचमा स्लोवाकियाले आइसल्याण्डलाई २-१-ले पराजित गऱ्यो। म्याचमा एक समय स्कोर १-१-को बराबरीमा रहेको थियो तर टोमस सुस्लोवले ६९औं मिनटमा गरेको गोलले स्लोवाकियालाई जीत दिलायो। स्लोवाकिया ७ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ। लक्जमबर्गले चाहिँ लिचेन्स्टेनटाइ विरुद्ध २-०-ले जीत हासिल गऱ्यो।
ग्रुप एफ-मा बेल्जियमले अष्ट्रिया विरुद्ध जसोतसो म्याच बचायो। यी दुई टीमबीच स्कोर १-१-को बराबरीमा रह्यो। अरेल मांगालाले २१औं मिनटमा आत्मघाती गोल गर्दा अष्ट्रियाले बढ़त हासिल गऱ्यो। दबाउको परिस्थितिमा अनुभवी रोमेलु लुकाकुले ६१औं मिनटमा गोल गरी बेल्जियमलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि अष्ट्रिया ७ पोइण्ट्सको साथ शीर्षमा कायम रह्यो। यसरी दोस्रो स्थानमा रहने बेल्जियमसँग ४ पोइण्ट्स रहेको छ। यस ग्रुपमा अजरबैजान र एस्टोनियाबीचको म्याच १-१-ले ड्र रह्यो। यसरी नै ग्रुप ई-मा चेक रिपब्लिकले फेरो आइल्याण्ड्सलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट भाक्लाव केर्नीले ४४औं र ७५औं मिनटमा २ गोल गरे। यस जीतपछि चेक रिपब्लिक ७ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। ग्रुप ए-मा शीर्ष स्थानमा रहने स्कटल्याण्डले नर्वेलाई २-१-ले पराजित गऱ्यो। म्याचमा नर्वेका स्टार स्ट्राईकर एर्लिंग हालाण्डले ६१औं मिनटमा पेनल्टीबाट गोल गरे पनि टीमलाई हारबाट बचाउन सकेनन्। स्कटल्याण्डसँग ९ पोइण्ट्स रहेको छ। यसको विपरीत नर्वेले अहिलेसम्म एउटा म्याच पनि जित्न सकेको छैन। ग्रुपको अन्य एउटा म्याचमा जर्जियाले साइप्रसलाई २-१-ले पराजित गऱ्यो।