१८ जूनः नेहुरे बालासन युनाइटेड क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच रहेको थियो। बालासन खेल मैदानमा भएको दिनको पहिलो म्याचमा ब्रदर्स एफसी मारेबुंगले आसिफ सेभेन, मुण्डालाई १-०-ले पराजित गऱ्यो। त्यसपछि खराब मौसमले गर्दा दिनको दोस्रो म्याच चाहिँ हुन सकेन। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ।