मिलन स्पोर्टिंग क्लब र सोयम एफसी विजयी

IMG-20230618-WA0131.jpg

१८ जूनः बालासन युथ क्लब (१५ लाइन, धोतरिया बालासन, दार्जीलिङ)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा शनिवार दुईवटा म्याच खेलियो। धोतरिया बालासन स्कूल खेल मैदानमा भएको पहिलो म्याचमा मिलन स्पोर्टिंग क्लबले एचएलएफसी कलेज भेल्लीलाई ४-३-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा सोयम एफसी पोख्रेबुंगले प्रणय स्पोर्टिंग तकभरलाई १-०-ले पराजित गऱ्यो। यस सेभेन ए साइड टुर्नामेण्टको फाइनल १५ अगस्तमा खेलिनेछ। च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ भनी बालासन युथ क्लबका सचिव निहाल राईले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement