नेपाल: सङ्खुवासभामा बाढीको प्रकोप, सात घर बगायो, १७ जना सम्पर्कविहीन

00-1-Hewa-Khola

काठमाडौं: गएराति सङ्खुवासभाको हेवाखेलामा आएको बाढीले सात घर बगाएको छ। अविरल वर्षाका कारण आएको बाढीले हेवाखोला किनारमा रहेका सात घर बगाएको जिल्ला पुलिस कार्यालय सङ्खुवासभाले जनाएको छ। वर्षासँगै आएको बाढीले सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १७ मजदुर सम्पर्कविहीन भएको जिल्ला पुलिस कार्यालयका पुलिस प्रमुख नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिएका छन्। बाढीले बगाएका अप्पर हेवाखोला हाइड्रोपावरमा काम गर्ने एक मजदुरको शव पाँचखपन नगरपालिका–५ खोला किनारमा फेला परेको पुलिसले जनाएको छ। पुलिस प्रमुख गोदारका अनुसार शवको पहिचान हुन बाँकी छ। बाढीले चैनपुर–४ मा निर्माण भइरहेको सुपर हेवा हाइड्रोमा पूर्णरूपले क्षति पुगेको छ। बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्याएको छ। घटनाको जानकारी लिन प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, सुरक्षा निकायका प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनास्थलमा क्षेत्रका पुलिस कार्यालय चैनपुर र सशस्त्र पुलिसको टोली खटिएका छन्। घटनाको अझ थप जानकारी आउन बाँकी छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *