मणिपुरलाई जल्दै गरेको छोड़ेर केन्द्र सरकार नौ वर्षको शासनकालको खुशियाली मनाउनमा मस्त: जदयू

00-1-Rashtriya-Samachar-11


पटना: बिहार जदयूका प्रदेश अध्यक्ष उमेश सिंह कुशवाहाले मणिपुरमा भड्केको हिंसालाई लिएर देशका गृहमन्त्री अमित शाहमाथि हमला गर्दै गत ४० दिनदेखि हाम्रो देशको एउटा राज्य हिंसाको आगोमा जलिरहेछ, तर दुर्भाग्यले केन्द्र सरकारद्वारा यसलाई नियन्त्रित गर्नका लागि अहिलेसम्म कुनैपनि ठोस प्रयास नगरिएको भनेका छन्। ‘मणिपुरलाई जल्दै गरेको छाड़ेर केन्द्र सरकार आफ्नो ९ वर्षको शासनकालको खुशियाली मनाउनमा मस्त छ’, उनले भने। प्रदेश अध्यक्षले शनिबार बयान जारी गरी भने, ‘राज्य र केन्द्रमा भाजपाको सरकार भएपनि अहिलेपनि राज्यको स्थिति अनियन्त्रित छ। सरकारी आंकड़ाहरू अनुसार १०० भन्दा धेरै निर्दोषहरूको ज्यान गइसकेको छ। ६० हजारभन्दा धेरै मानिसहरू विस्थापित भएका छन्। पूरा राज्यमा भयको माहोल छ, तर जवाबदेहीदेखि टाढ़ा भागेर देशका गृहमन्त्री २०२४ चुनावको तयारीहरूमा जुटेका छन्। अमित शाहले मणिपुर सम्हालन सकिरहेका छैनन् भने उनले आफ्नो पदबाट राजीनामा दिनुपर्छl’ –हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *