नेपाल: कांग्रेसलाई तर्साउन समाजवादी मोर्चा गठन गर्न लागेको केपी ओलीको टिप्पणी

00-1-K-P-Oli

काठमाडौं: नेपालमा समाजवादी मोर्चा गठनको मुद्दाले राजनीतिक तरंग ल्याएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चा गठनको घोषणा चाँडै हुने बताएपछि क्रिया प्रतिक्रिया आइरहेका छन्। सीपीएन यूएसका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शनिवार राजधानीमा बोल्दै बलियो कम्युनिस्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन्। सीपीएन यूएसले समाजवादी केन्द्रमा सहभागी हुने निर्णय लिइसकेको छ। शनिबार नै सीपीएन यूएमएलका अध्यक्ष केपी शर्मा ओलीले समाजवादी केन्द्र एमालेलाई चुनौती दिन र कांगेसलाई तर्साउन गठन गर्न लागेको टिप्प्णी गरेका छन्। उनले यूएमएल केन्द्रीय कार्यालयमा बोल्दै समाजवादी केन्द्र गठन गर्न लागेकाहरुबारे राम्रो जानकारी भएको समेत बताए। नेपालमा प्रचण्ड अध्यक्ष रहेको सीपीएन एमसी, माधवकुमार नेपाल नेतृत्वको सीपीएन यूएस, उपेन्द्र यादव नेतृत्वको जेएसपी, बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीलगायतले समाजवादी केन्द्र गठनको अन्तिम तयारी गरिसकेका छन्। -हिस

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *