काठमाडौं: समाजवादी मोर्चाको घोषणा यही सोमबार १९ जूनमा हुने भएको छ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्र पाण्डेले १९ जूनमा मोर्चाको घोषणा हुने बताएका छन्। उनका अनुसार १६ जूनमा घोषणा गर्ने भनिए पनि प्रावधिक कारण हुन रोकिन पुगेको सरकारमा र सरकार बाहिर रहेका कम्युनिष्ट पार्टी आबद्ध मोर्चाको घोषणा १९ जूनमा हुनलागेको हो। चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले त्यसलाई मुर्त रुप दिनका लागि छलफललाई तिब्रता दिइएको जानकारी दिए। उपाध्यक्ष पाण्डेका अनुसार सरकारमा देखिएको अस्थिरता रोक्नका लागि मोर्चा गठनको पहल एक वर्षअघिदेखि नै शुरु भएको थियो।