गेजिङ: दूध उत्पादन सहकारी समिति खेसेबुङको आयोजनामा स्थानीय ग्वालाहरुलाई लिएर एक सभा सम्पन्न भएको छ। मानेबुङ-देन्ताम क्षेत्रको सर्दोङ लुङ्जिक ग्राम पञ्चायत एकाइको केरेमथाङ वार्डॉभित्र स्थापित खेसेबुङ दूध उत्पादक सहकारी समितिले आज १४औं वार्षिक सभाको आयोजना गर्दै समिति फेरबल गर्ने कार्य गरेको थियो। सभामा यसै ग्राम पञ्चायत एकाइका सभापति राजेन गुरुङले सभाको अध्यक्षता गरेका थिए भने साथमा मिल्क युनियन कर्फेकटारका समन्वयक राजा गुरुङ , सिस्को ब्यांक गेजिङका म्यानेजर कर्मा छितेन भोटिया, सिक्किम सहकारी बिभाग गेजिङका अजीत गुरुङ अन्य कर्मचारी साथै खेसेबुङ दूध उत्पादन सहकारी समितिका अध्यक्ष युएन शर्मा सम्पुर्ण सदस्यगण सचिव हरिलाल गुरुङ अनि ग्वालाहरुको उपस्थिति रहेको थियो। सभामा यहाँको पुरानो समितिलाई बिगॉघठन गरि नयाँ समिति तयार गरियो। जसमा महेन्द्र छेत्री अध्यक्ष, सचिव हरिलाल गुरुङ अनि अन्य सात जनालाई जिम्मेवारी दिइएको छ।य़ सभामा विभागीय अधिकारीहरुसंग ग्वालाहरुको खुल्ला बहस भएको थियो भने सम्बन्धित अधिकारीहरुले गाई पालन व्यवसाय र यसको फाइदाबारे जानकारी दिएका थिए। गाईको बीमाबारे पनि ग्वालाहरुलाई जागरुक गराइएको थियो। वर्तमान सरकारको पहलमा ग्वालाहरुलाई फाइदाको लागि दूधमा दिएको इन्सेन्टिभ र अन्य बिषयको पनि जानकारी दियो। यस खेसेबुङ दूध सहकारी संगठनले अहिलेसम्म डाइरीलाई राम्रोसंग सञ्चालन गरेकोमा विभागीय अधिकारीहरुले प्रशंसा गरे। यहाँ सञ्लन भैरहेको डाइरी घर आफ्नो निजी नभएको कारण सरकार र विभागको सहयोगमा आफ्नो निजी डाइरी घर बनाए अझ फाइदा हुने मांग साथै सुझाव ग्वालाहरुले राखे। यस भेगमा सानो गाउँ भए तापनि गाईपालन व्यवसाय गर्ने प्रत्येक घर रहेको हुँदा अझै यसलाई बडाएर लाने ग्वालाहरुको भनाइ थियो। समितिले प्रत्येक तीन महिनामा क्वार्टरली सभाको आयोजना गरेर वार्षिक रुपमा सभालाई डाकेर ग्वालाहरुको हित र फाइदाको लागि काम गरेको समितिको तर्फबाट उदय नारायण शर्माले जानकारी दिए। ग्वालाहरुले बिभाग र सरकारको सहयोग पाउँदै गए भने अझै गाई पालन व्यवसाय फस्टाएर जाने भनाइ थियो। आजको यस सभालाई समितिका सदस्य लक्ष्मण गुरुङले सञ्चालन गरेका थिए।