छुजाचेनमा सिड सेलको महिला उद्यमी सम्मेलन

IMG-20230617-WA0426.jpg

गान्तोक: राज्यको उद्योग क्षेत्रमा सक्रिय रुपमा काम गर्दै आएको सिक्किम उद्यमशीलता एवं आर्थिक विकास प्रकोष्ठ (सिड सेल) ले आज मुख्यमन्त्री प्रेमसिंह तामाङको “एक परिवार, एक उद्यमी” मिशन अन्तर्गत छुजाचेन-रंगेली सामुदायिक हलमा ग्रामीण महिला उद्यमी सम्मेलन आयोजना गर्‍यो। कार्यक्रमको उद्देश्य महिला उद्यमीहरूलाई प्रोत्साहित गर्नु र स्थानीय व्यवसायहरूलाई आर्थिक स्वतन्त्रता हासिल गर्न सहयोग गर्नु रहेको थियो। जिल्ला अध्यक्ष लाडेन भोटियाले आफ्नो सम्बोधनमा सबै स्वयं सहायता समूह र स्थानीय मानिसहरुलाई एक प्लेटफर्ममा ल्याएर अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गरेकोमा प्रकोष्ठप्रति आभार व्यक्त गरे। सिट सेलका महासचिव अभिमन्यु ढकालले उत्पादनको ब्रान्डिङ, मार्केटिङ, प्लेसमेन्ट र भिजिबिलिटीको आवश्यकतालाई बढीभन्दा बढी फाइदा लिनको लागि जोड दिए। उनले उत्पादनका लागि ट्रेडमार्कहरू बनाउने सुझाव दिए र ई-कमर्स जस्ता प्लेटफर्महरूमा वस्तुहरू बेच्नेबारे बुझाए। त्यसैगरी, कृषि तथा ग्रामीण विकासका लागि राष्ट्रिय ब्यांक (नाबार्ड) का महाप्रबन्धक सञ्जय कुमार गुप्ताले ग्रामीण अर्थतन्त्रको बृद्धिको लागि ग्रामीण अर्थतन्त्रसँग समन्वय गर्ने साना स्वयं सहायता समूहको सञ्चालनको बारेमा उल्लेख गरे। उनले उद्यमीहरूलाई आफ्नो उत्पादनलाई महत्त्वपूर्ण एक्सपोजर प्रदान गर्ने प्रदर्शनी तथा कार्यक्रमहरूमा सहभागी हुन सक्ने गरी तालिम सुविधा र सहयोग उपलब्ध गराइने बताए। उनले सदस्यहरुलाई आफ्नो व्यवसाय बढाउनका लागि ठूला लक्ष्यहरु तय गर्न पनि आग्रह गरे। यसका साथै दीपेन्द्र पोखरेलेले हस्तशिल्प, कुचो बाइन्डिङ, समुदायमा आधारित होमस्टे, ट्राउट प्रजनन, मह र अलैंची सहित उपलब्ध विभिन्न व्यवसाय विकल्पहरूबारे जानकारी गराए। स्थानीय बजारमा स्टलहरू स्थापना गरेर व्यवसाय सुधार गर्ने सल्लाह पनि दिए।

उत्पादन, उद्यमशीलता, आर्थिक सहयोग, प्रोत्साहन कार्यक्रम, दुग्ध उत्पादन, खाद्य सुरक्षा, किसान क्रेडिट कार्ड जस्ता विषयहरूमा विभिन्न विभागका प्रतिनिधिहरूसँग खुल्ला छलफल पनि भयो।

प्यानलमा जिल्ला उद्योग केन्द्र, शहरी विकास विभाग, सिक्किम सुप्रीम, स्टेट ब्यांक अफ इन्डिया, सिक्किम स्टेट को-अपरेटिभ ब्यांक लिमिटेड, माइक्रो स्मॉल एण्ड मिडियम इन्टरप्राइजेज सेन्ट्रल, सिक्किम राज्य सहकारी आपूर्ति तथा मार्केटिङ फेडरेशन लिमिटेड, राज्यका प्रतिनिधिहरू पनि कार्यक्रममा सामेल थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement