लाचेन-लाचुङमा फँसेका पर्यटकको उद्धार कार्य तीब्र

IMG-20230617-WA0428.jpg

मंगन: गत तीन दिनदेखि परेको अत्यधिक वर्षाको कारण मंगन जिल्लाको चुङथाङमा सड़क सम्पर्क अवरोध भएको कारण लाचेन अनि लाचुङमा नाम्ची कलेजका ६० विद्यार्थीहरूसँगै बाकी पर्यटकहरू फँसिएको रिपोर्ट प्राप्त भएको छ। राज्य सरकारको सोझै निगरानीमा उनीहरूको उद्धार कार्य जारी रहेको छ।

मुख्यमन्त्री प्रेमसिंह तामाङको मार्गनिर्देशनमा मंगन जिल्ला प्रशासनका जिल्लापाल हेमकुमार छेत्री, पुलिस अधीक्षक छिरिङ ग्याछो भोटियाको अगुवाईमा फँसिएका नागरिक अनि पर्यटकहरूलाई निकाल्ने प्रक्रिया आज बिहान ११ बजीदेखि शुरु गरिएको थियो। राज्य सरकारद्वारा सोझै जिल्ला प्रशासनलाई निरन्तर रूपमा घटनाबारे जानकारी लिने कार्यपछि निर्देशन दिने काम भइरहेको छ। हिजो बेलुकीदेखि नै उद्धार कार्य युद्धस्तरमा चलिरहेको छ। जिल्ला आपदा प्रबन्धन प्राधिकरण, सिक्किम पुलिस, ग्रेफ, बीआरओ, आईटीबीपी, सेना, ट्राभल एजेन्सी एसोसिएशन अफ् सिक्किमका प्रतिनिधिहरू सबै नै उद्धार कार्यमा लागिपरेका छन्। हालसम्म ७० वटा साना गाडीसहित १९ वटा बसलाई राहत कार्यमा खटाइएको छ। अहिलेसम्मको प्राप्त जानकारी अनुसार, ३ वटा बस र २ वटा सानो वाहन १२३ यात्रु/पर्यटक लिएर गान्तोकतर्फ प्रस्थान भइसकेको छ भने थप बस तथा सवारी साधनको व्यवस्था गरिँदैछ। पहिरो क्षेत्रमा जनता र पञ्चायतले निर्माण गरिसकेका दुईवटा काठको पूल हालसम्म नरहेको जानकारी प्राप्त भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement