विपक्षीहरूलाई हराउँने ठूलो षडयन्त्र भएको छ: दीपिका गुरूङ
दार्जीलिङ: विपक्षीहरूलाई हराउने ठूलो षडयन्त्र भई रहेको हाम्रो पार्टीले आरोप लगाएको छ। आगमी ८ जुलाईको दिन मतदान हुने पंचायत चूनावमा खडा भएको उम्मेद्वारहरूको कागज पत्र जाँच गर्ने कार्य आज सम्पन्न भयो।उम्मेद्वारहरूको कागज पत्र जाँच गर्ने कार्यमा अंश ग्रहण गर्न हाम्रो पार्टीको प्रतिनिधि टोली तकदाह खण्ड विकाश कार्यलय पूगेका थिए। कागज पत्र जाँच कार्य सम्पन्न भएपछि हाम्रो पार्टीको नारी शक्ति समुहको नेतृत्व दीपिका गुरूङ र हाम्रो पार्टीको युवा समुहको संयोजक आशिष छेत्रीले विपक्षीहरूलाई हराउने ठूलो षडयन्त्र भएको आरोप लगाए।तिनले अघि भने विभागीय अधिकारी र कर्मचारीहरूको लापरवाहीको कारणले गर्दा अजय तामाङ र विपल राईको नामकंन पत्र रद्व भएको आरोप लगाए।
तिनले भने वहाँहरूले आफ्नो नामकंन पत्र दर्ता गर्न अघि विभागीय अधिकारी एंव कर्मचारीहरूले वहाँहरू मध्ये एक जनालाई ओवीसी अनि अर्कोलाई जन जाति भनेर डीसीआर काटी दिएका थिए तर उनीहरूसंग ओवीसी र जन जातिको प्रमाण पत्र नहुदा आज उनीहरूको नामकंन पत्र खारिज गरि दिएको गुरूङले बताए। खुल्ला वार्डमा नामकंन पत्र दर्ता पूगेका यी उम्मेद्वारहरूले आ आफ्नो डीसीआर काटदा उनीहरूलाई तपाईहरूसंग ओवीसी अनि जन जातिको प्रमाण पत्र छ की छैन भन्ने समेत नसोधी डीसीआर काटने हुदाँ आज हाम्रो उम्मेद्वारहरूको नामकंन पत्र खारिज भएको छ भन्ने गुरूङले बताए।यस संदर्भमा अजय तामाङले भने नामाकंन पत्र दर्ता गर्दा एक सय पचास रूपियाँ लाग्छ भनेर मलाई थाहा थियो, डीसीआर काटी सकेर मैले सोधे कति पैसा पर्छ भनेर सोधेको थिए त्यस अवधि मलाई ७५ रूपियाँ मात्र पर्छ भनेर भनेको थियो अनि मैले यौ कुरा पूनः दोहोराएर सोध्दा फेरि उनीहरूले मलाई ७५ रूपियाँ मात्र पर्छ भनेर दोहोराएको थियो तर मलाई तिम्रो जन जातिको प्रमाण छ की छैन भन्ने समेत सोध्ने काम गरेनन अजय तामाङले भने। यसरी नै विपल राईले बताए अनुसार उनी लाब्दा ग्राम पंचायतबाट गोर्खा जनमुक्ति मोर्चाको उम्मेद्वार भएर नामंकन पत्र दर्ता गरेका थिए भन्ने बताए।तिनले अधि भने मैले मेरो नामकंन पत्र दर्ता गर्दा १ सय ५० रूपियाँको डीसीआर काटेका थिए। मैले मेरो नामकंन पत्र दर्ता गरी सकेपछि त्यस अवधि जाँच गर्ने काम आरआर हो अनि मैले मेरो नामकंन पत्रमा ओवीसी भरेको छु की छुइन त्यस बारे जानकारी गराउँने काम उनको थियो तर मलाई त्यस बारे जानकारी गराउने काम गरेनन राईले भने। तिनले अझ भने तकदाह खण्ड विकाश कार्यलयको बाहिरो फाल्टो मान्छेहरूलाई प्रबेश बारे निषेध गरिएको बोर्ड टाँसिएको छ तर हाम्रो क्षेत्रको सभासद रतन कुमार थापा खुल्ला रूपमा भित्र पस्दै निस्कन्दै गर्दै थिए, यसको भिडियो फुटेजहरू आफु संग रहेको विपल राईले बताए। तिनले अधि भने यसले प्रमाण हुन्छ विपक्षीहरूलाई हराउँने ठूलो षडयन्त्र भएको छ।विपल राईले स्पष्ट शब्दमा भने हामीलाई हराउने काम भएको छ, यस बारे सठीक पहल नभए हामी कालो झण्डा लिएर खण्ड विकाश कार्यलय बाहिरो बस्ने छौ भन्दै चेताउनी दिए।