खरसाङमा चुनाव शान्तीपूर्ण: ४ बजेभित्र ६० प्रतिशत मतदान

खरसाङ: आज सम्पन्न जीटीए चुनाव खरसाङ क्षेत्रमा शान्तीपूर्ण रुपमा सम्पन्न भएको छ। खरसाङ महकुमा अन्तर्गत पर्ने १५ वटै समष्टिहरूमा चुनाव शान्तीपूर्ण भएको छ। कुनै समष्टीमा अशान्ति भएको घटना जानकारी प्राप्त भएको छैन। जीटीए चुनाव प्राय: शान्तिपूर्वक सम्पन्न भएको छ। चुनाव शान्तीपूर्ण भएपनि चुनावलाई लिएर अरु बेला जस्तो मानिसहरूमा उत्साह र जोश देखिनन्। बिहानदेखि मानिसहरू अलि अलि गर्दै मानिसहरू आएर भोट दिएको देखियो भने कतै कतै बुथहरूमा सुनसान पनि देखियो भने कतै भीड़ पनि देखियो। तर चुनाव शान्तिपूर्ण रुपमा भएको छ। पुलिस प्रशासनबाट प्राप्त जानकारी अनुसार खरसाङ सबै क्षेत्रमा चुनाव शान्तीपूर्ण सम्पन्न भएको जानकारी प्राप्त भएको छ। खरसाङ महकुमा अन्तर्गत पर्ने १५ वटा समष्टिहरूमा साँझ ४ बजेसम्ममा लगभग ६० प्रतिशत मतदान भएको अनि समाचार लेखुञ्जेलसम्म अझ अतिरिक्त मतदानको कतिपय रिपोर्टहरू आउन बाँकी रहेको थियो।

आज भईरहेको जीटीए चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ महकुमा समितिको सचिव एंव चुनाव को-अर्डिनेटर प्रणाम रसाईलीले खरसाङका विभिन्न क्षेत्रहरूमा भ्रमण गरेका छन्। उनले पत्रकारहरूसित कुराकानी गर्दै आफुले पार्टीको को-अर्डिनेटरको तर्फबाट खरसाङको विभिन्न क्षेत्रहरूमा भ्रमण गरेको बताउँदै यसपाली सबैतिर भागोप्रमोको स्थिति राम्रै रहेको दाबी गरेका छन्। उनले खरसाङको प्राय: सबै समष्टीहरूमा भागोप्रमोको पकड़ बलियो रहेको र हामी खरसाङ क्षेत्रका सबै समष्टिहरूमा हामी जीत हाँसिल गर्नेछौं भनी दाबी पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement