राज्यपालले बोलाउॅंदा राजभवन गएनन् चुनाउ आयुक्त

00-1-Rajya-Samachar-5

कोलकाताः पश्चिम बंगाल पञ्चायत चुनाउको घोषणा भएदेखि राज्यमा लगातार भइऱहेको हिंसालाई लिएर राज्यपाल डा. सीवी आनन्द बोसले राज्यका चुनाउ आयुक्त राजीव सिन्हालाई बोलाएका थिए। शनिवार उनलाई राजभवन उनलाई भनिएको थियो तर उनी गएनन्।

राज्य चुनाउ आयोगको सूत्रहरू अनुसार, राजीव सिन्हाले राजभवनलाई एक सन्देश पठाएका छन्, जसमा उनले स्पष्ट गरे, अहिले पञ्चायत चुनाउको नामाङ्कनपछि स्क्रुट्नीलाई लिएर उनी व्यस्त छन्। आज उनीसित समय छैन। उनी अन्य कुनै दिन जानेछन्। सूत्रहरू अनुसार, उनी सम्भवतः आइतवार राजभवनमा गएर राज्यपालसित भेट गर्नसक्छन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement