मन्त्री एलबी दासद्वारा सातवटा घरको उद्घाटन

si-4

गान्तोकः सिक्किम अर्वन गरीब आवास योजना अन्तर्गत आज रम्फू र माझीटारमा कूल सात वटा घरको उद्घाटन गरियो। क्षेत्र विधायक एवम् शहरी विकास विभाग मन्त्री एलबी जासले उक्त घरको उद्घाटन गर्दै लाभार्थीहरूलाई सुम्पिए। उल्लेखनीय छ, शहर बजारमा बसोबासो गर्ने गरीबहरूले पनि राम्रो घरमा बस्न पाउनु पर्छ भन्ने सोंच राखेर सिक्किम अर्वन गरीब आवास योजना शुरू गरिएको छ। राज्य सरकारद्वारा लगभग १८ लाख मूल्य बराबरको लागतमा उक्त घरको निर्माण गरिएको हो।

पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री एलबी दासले शहर र गाउँका गरीबवर्गलाई घर प्रदान गर्ने मुख्यमन्त्रीको नयाँ सोंच रहेको बताए। एसकेएम पार्टी सरकारमा आएपछि यस प्रकारको धेरै वटा योजनाहरू शुरू गरिएको उनले अवगत गराए। गरीबको पनि घर बनाउने ठूलो सपना हुन्छ तर गरीब आमा बाबाले यति धेरै लागतमा घर बनाउन सक्दैनन्, तर मुख्यमन्त्री तामाङले ठूलो सोंच राखेर घर बनाउने योजना शुरू गरेकोमा उनले मुख्यमन्त्री तामाङलाई धन्यवाद दिए।

यसै क्रममा विभागका सचिव एमटी शेर्पाले यस निर्वाचन क्षेत्रमा आज सातवटा घरको उद्घाटन गरिएको जानकारी गराए। प्रत्येक घरको लागत १८ लाख रहेको छ, तर घरभित्र चाहिने आवश्यक सामग्रीहरू पनि सरकारले नै प्रदान गर्दै आइरहेको हुनाले गर्दा उक्त घरको मूल्य बीस लाखसम्म पुगेको उनले दावी गरे। यसै क्रममा आज गेजिङ निर्वाचन क्षेत्रका सात जनालाई घरको एलोटमेन्ट अर्डर पनि वितरण गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement