कोलकाताः पश्चिम बंगालमा पञ्चायत चुनाउको मिति घोषणा भएपछि लगातार भइरहेको हिंसा अनि राज्यभरि विपक्षी समर्थकहरूमाथि भइरहेको आक्रमणको घटनालाई लिएर भाजपाले केन्द्रिय गृहमन्त्री अमित शाहसित हस्तक्षेप गर्ने माग गरेको छ। प्रदेश भाजपा अध्यक्ष एवं बालूरघाटबाट सांसद सुकान्त मजूमदारले शनिवार केन्द्रिय गृहमन्त्रीलाई पत्र लेखेका छन्।
उनले अमित शाहसित फोन कलमा पनि बातचित गरेका छन्। मजूमदारले यस मामिलामा केन्द्र सरकारसित तत्काल हस्तक्षेप गर्ने माग गर्दै चुनाउको सुरक्षाको लागि राज्यमा केन्द्रिय बलहरूको तैनाथी सुनिश्चित गर्नुपर्ने बताए।
त्यसपछि सुकान्तले राजभवनमा गएर राज्यपाल डा. सीवी आनन्द बोससित भेट गरे। राज्यपालसित लगभग आधा घण्टासम्मको बातचितपछि बाहिर आएर मजूमदारले मीडिया समक्ष भने, राज्यपाल बोसले राज्यभरि हिंसाको निम्ति जिम्मेवार मानिसहरूविरूद्ध कठोर कारबाही सुनिश्चित गर्ने आश्वासन दिएका छन्। यसको केही क्षण पश्चात राजभवनद्वारा राज्यका मुख्य चुनाउ अधिकारी राजीव सिन्हालाई डाकियो। उनलाई आज नै राजभवन आउन भनिएको छ।
-हिस