एक मिनेटमै २३ वटा सिक्का पिगी ब्यांकमा: कुकुरले बनायो विश्व रेकर्ड

00-1-Leo-Dog-breaks-world-record

यो कुकुरले एक मिनेटमै यस्तो काम गर्‍यो, जुन कसैले सोचेको पनि थिएन। पुरानो विश्व कीर्तिमान तोड्दै उसले गिनिज वर्ल्ड रेकर्डमा नाम दर्ता गराएको छ। यो घटना इंग्ल्याण्डको एबर्डिनको हो। कुकुरले एक मिनेटमै २३ वटा सिक्का पिगी ब्यांकमा राखेको थियो। यो २ वर्षको कुकुरको नाम लियो हो। यसको मालिक एमिली एन्डरसन आफ्नो उपलब्धिबाट धेरै खुशी छिन्। लियोले अन्य कुकुरहरूको तुलनामा एक मिनेटमा पिगी ब्यांकमा सबैभन्दा धेरै सिक्का राख्ने कीर्तिमान बनाएको छ। उसले यत्तिकै यो सफलता हासिल गरेको होइन। बरु उसको जन्मदेखि नै अर्थात विगत दुई वर्षदेखि तालिम दिइँदै आएको थियो। उसले ट्रिट्सको लागि सिक्का उठायो र पिगी ब्यांकमा राख्यो।

यस विषयमा कुरा गर्दै लियोकी मालिक एमिलीले स्थानीय मिडिया एबरडीन लाइभलाई भनिन्, ‘मैले सिक्का समातिरहेको थिएँ। उसको अगाडि सिक्का राखें। त्यसपछि उसले यसलाई उठाएर पिगी ब्यांकमा राख्योl’ लियोको तस्वीर पनि इन्स्टाग्राममा सेयर गरिएको छ। जसमा ऊ वर्ल्ड रेकर्ड सर्टिफिकेटसहित देखिएको छ। पोस्टको क्याप्शनमा लेखिएको छ, ‘लियोसँग साझा गर्नको लागि धेरै विशेष समाचार छ। अब उनी आधिकारिक रुपमा गिनिज वर्ल्ड रेकर्ड होल्डर बनेका छन्। उनले आफ्नो पिगी ब्यांकमा एक मिनेटमा २३ सिक्का राखे। यो सम्भव गराउने सबैलाई धन्यवाद। यसका लागि ठूलो मात्रामा कागजी कार्य र प्रमाण चाहिन्छ। यो पोस्टलाई हजारौंले लाइक गरेका छन् र मानिसहरूले यसमा धेरै कमेन्ट पनि गरिरहेका छन्। मानिसहरूले लियोलाई बधाई दिइरहेका छन्। एक प्रयोगकर्ताले भने, ‘सधैं जस्तै प्रभावशाली। बधाई छ।’ अर्को प्रयोगकर्ताले भने, ‘लियो तिमी अचम्मको छौ।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *