कोलकाताः पञ्चायत चुनाउलाई केन्द्र गरी बंगालमा हिंसा रोकिने नाम लिइरहेछैन। १५ जूनमा नामाङ्कन समाप्त भएपनि हिंसा अहिलेपनि जारी छ। कतै माकपा उम्मेदवारको घरभित्र पसेर हमला गरिएको छ भने कहिले भाजपा नेतामाथि हमला भएको छ।
बरूइपुरमा सत्ता पक्षमाथि भाजपा प्रत्याशीमाथि नामाङ्कन फिर्ता लिने दबाउ बनाएको आरोप लागेको थियो। तृणमूल समर्थकहरूले प्रत्याशीका पतिलाई बाइकबाट तल झारेर खेतमा लगेर बाँस र रडले कुटेको आऱोप छ। बरूइपुरको बेलागाछी ग्राम पञ्चायतको बूथ संख्या ९८ मा कांकी हलदर भाजपाको प्रत्य़ाशी हुन्। महिला उम्मेदवार तृणमूलले दबाव बनाएपनि आफ्नो नामाङ्कन फिर्ता लिन राजी भइनन् जसले गर्दा उनका पति प्रशान्त हलदरलाई तृणमूलका चार बदमाशहरूले खेतमा लगेर कुटेको बारूइपुर थानामा शिकायत दर्ता गराइएको छ। तृणमूलले यस आरोपलाई खारेज गरेको छ।
अर्कोतिर, तृणमूलमाथि नदियाको छपरामा एक सीपीएम उम्मेदवारको घरभित्र पसेर हमला गरेको आरोप लागेको छ। वाम प्रत्याशीको परिवारका पाँच सदस्य अस्पतालमा भर्ती छन्। परिवारले दाबी गरेको छ, छपरा नम्बर २ ग्राम पञ्चायतका सीपीएम प्रत्याशी सहजुद्दीन शेख घटना भएदेखि भेटाएका छैनन्। राति तृणमूलका बदमाशहरूले सीपीएम प्रत्याशीको घरभित्र मारपीट गरे। दुवै मामिलामा प्राथमिक दर्ता गराइएको छ तर कुनै कारबाही गरिएको छैन।
-हिस