जलपाइगढ़ीः जिल्लाको मटेली थाना पुलिसले शनिवार मूर्ति नदी छेउ एक वृद्धको शव उद्धार गरेको छ। मृतकको नाम भोला उराव (७०) बताइएको छ। मटेली प्रखण्डको दक्षिण धुपझोडाको हकीमुद्दीनका स्थानीय मानिसहरूले आज बिहान मूर्ति नदी छेउ एक वृद्धको शव देखेपछि यसको सूचना मटेली थाना पुलिसलाई दिए।
सूचना पाएर मटेली थाना पुलिस घटनास्थमा पुग्यो र शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति जलपाइगढ़ी सदर अस्पताल पठायो। पुलिस सूत्रहरू अनुसार, वृद्ध हिजो दिउँसोदेखि हराएको थियो। मृत्युको असली कारण पोस्टमार्टमपछि नै स्पष्ट हुनेछ।