राज्यका मुख्य चुनाउ अधिकारी ममताको इशारामा नाचिरहेछन्- दिलीप

00-1-Rajya-Samachar-5

कोलकाताः भारतीय जनता पार्टीको पश्चिम बंगाल एकाईका पूर्व अध्य़क्ष एवं पार्टीका राष्ट्रिय उपाध्यक्ष दिलीप घोषले शनिवार राज्यका मुख्य चुनाउ अधिकारी राजीव सिन्हामाथि तीखो हमला गरेका छन्। न्यूटाउनको इको पार्कमा मर्निङ वक गर्न पुगेका दिलीप घोषले भने, राज्यका मुख्य चुनाउ अधिकारी राजीव सिन्हा मुख्यमन्त्री ममता ब्यानर्जीको इशारामा नाचिरहेका छन्। एक दिनअघि मुख्यमन्त्री ममता ब्यानर्जीले दक्षिण २४ परगनामा अभिषेक ब्यानर्जीको मंचमा सम्बोधन गर्दै भनेकी थिइन्, राज्यमा शान्तिपूर्वक मतदानको निम्ति केन्द्रिय बलहरूलाई तैनात गरिने खाँचो छैन। केन्द्रिय बलले के गर्नेछ ? मणिपुरमा उसको तैनाती छ तर केन्द्रिय मन्त्रीको घरमा आगो लगाइयो। केन्द्रिय बल कुनै कामको छैन। यसपछि शनिवार राज्यका चुनाउ आयोगले राज्यमा पञ्चायत चुनाउको सुरक्षाको निम्ति केन्द्रिय बलहरूको तैनाती सम्बन्धी कलकत्ता हाईकोर्टको फसेला विरूद्ध सुप्रीम कोर्टमा याचिका लगाउने घोषणा गरेका छन्।

यसलाई लिएर दिलीपले भने, राज्य सरकार र राज्य चुनाउ आयोगले एकसाथ मिलेर काम गरिरहेको स्पष्ट भएको छ। मुख्यमन्त्रीले जति भन्छिन्, राज्यका मुख्य चुनाउ अधिकारीले पनि उतिनै भन्छन्। यदि उनले पनि राज्यमा केन्द्रिय बलहरूको तैनाती नहोस् भन्ने चाहन्छन् भने यसबाट स्पष्ट छ कि मुख्य चुनाउ अधिकारीले राज्यमा शान्तिपूर्ण तरीकाले मतदान होस् भन्ने चाहँदैनन्। नामाङ्कनको समय पाँचदेखि सात जनाको हत्या भइसकेको छ। राज्यमा यदि केन्द्रिय बलहरूको तैनाती भएन भने शान्तिपूर्वक तरीकाले चुनाउ सम्पन्न हुनसक्दैन भनी स्पष्ट छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement