प. बंगाल सरकारले केन्द्रिय बल तैनाथ गर्ने हाई कोर्टको आदेशलाई सुप्रीम कोर्टमा चुनौती दिने

00-1-Rajya-Samachar-5

कोलकाताः पश्चिम बंगालमा आसन्न पञ्चायत चुनाउलाई केन्द्र गर्दै कोलकाता हाईकोर्टले केन्द्रिय बलहरूलाई तैनाथ गर्ने आदेश दिएको छ। तर राज्य सरकार र राज्य चुनाउ आयोगले हाईकोर्टको उक्त आदेशविरूद्ध सुप्रीम कोर्टमा याचिका दर्ता गर्ने निर्णय लिएको छ।

चुनाउ आयोगको सूत्रले बताए अनुसार आज अपरान्ह २:०० बजेभन्दा अगाड़ि नै सुप्रीम कोर्टमा आवेदन दर्ता गरिनेछ। गत बिहीवार कोलकाता हाईकोर्टका मुख्य न्यायाधीश टीएस शिवगणनमको खण्डपीठले ४८ घण्टाभित्रमा राज्यमा केन्द्रिय बलहरू तैनाथ गर्ने निर्देश दिएको थियो। त्यै साँझ मुख्य चुनाउ अधिकारी राजीव सिन्हाले हाई कोर्टको आदेशलाई अक्षरश: पालन गर्ने बताएका थिए।

कोलकाता हाई कोर्टले केन्द्रिय बलहरूलाई तैनाथ गर्ने निर्देश दिँदै भनेको थियो, राज्य चुनाउ आयोगसित सुप्रीम कोर्टमा जाने विकल्प छ, तर हाम्रो आदेशको पालना भएन भने हामी मौन बस्नेछैनौं। कोर्टले भनेको थियो, जसरी राज्यभरि हिंसा भइरहेको छ त्यसलाई हेरेर हामी मुकदर्शक बन्न सक्नेछैनौं।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement