हरिद्वार: एसटीएफको एएनटीएफ टीमलाई त्यस समय ठूलो सफलता हासिल भयो जब हरिद्वारको श्यामपुर थाना क्षेत्रबाट टीमले ३० लाख रूपियाँको स्म्याकको साथ एक नशा तस्करलाई पक्राउ गऱ्यो। पक्रा परेको तस्करको साथीलाई पनि पुलिसले विकासनगरबाट पक्राउ गरेको छ। दुवै आरोपितलाई न्यायालयमा पेश गरी जेल पठाइएको छ। थाना श्यामपुर पुलिस र एएनटीएफ टीमको संयुक्त कारबाहीमा हिजो अबेर राति नशा तस्कर शहजाद (विहारकला जिल्ला बरेली उत्तर प्रदेश निवासी)लाई पुलिसले पक्राउ गऱ्यो। पक्रा परेको आरोपितदेखि ३०० ग्राम स्म्याक उद्धार गरियो। यसको मूल्य अन्तरराष्ट्रिय बजारमा करिब ३० लाख रूपियाँ अनुमान गरिएको छ। सोधपुछमा शहजादले पुलिसलाई बतायो, उसले यो स्म्याक शराफत अलीको निम्ति लगिरहेको थियो। पुलिसले ट्र्याप लगाएर शराफतलाई पनि विकासनगरबाट पक्राउ गऱ्यो। दुवै आरोपित विरूद्ध मुकदमा दर्ता गरी कोर्टमा पेश गरेपछि जेल पठाइएको छ। -हिस