ईडीद्वारा पेन्डोरा पेपर्स लिक मामिलामा ३०.६० करोड़ रूपियाँको सम्पत्ति जफत

ED-3-4

नयाँ दिल्ली: प्रवर्तन निदेशालय (ईडी) ले पेन्डोरा पेपर्स लिक मामिलामा ३०.६० करोड़को सम्पत्ति जफत गरेको छ। जाँच एजेन्सीले विदेशी मुद्रा प्रबन्धन (फेमा)का प्रावधानहरूको उल्लङ्घन मामिलामा विक्रम स्वरूप र गौरव स्वरूपसित सम्बन्धित प्रतिभूतिहरूमा निवेशलाई जफत गरेको छ। ईडीको शनिबार जारी बयानअनुसार, पेन्डोरा पेपर नाम गरेको वैश्विक वित्तीय डेटा लीकमा जुन दुई भाई विक्रम स्वरूप र गौरव स्रूपको नाम अघि आएको थियो, उनीहरू विरूद्ध फेमा उल्लङ्घनको कथित मामिलामा प्रतिभूतिहरूमा गरिएको ३०.६० करोड़ रूपियाँ मूल्यको निवेशलाई जफत गरिएको छ।

जाँच एजेन्सीअनुसार, पेन्डोरा पेपर मामिलामा भारतीय व्यवसायी विक्रम स्वरूप र गौरव स्वरूप ‘एप्सिलोन एन्टरप्राइजेज लिमिटेड’ का ब्याङ्क खाताहरूमा लाभार्थी थिए। यी खाताहरू चार्टर्ड ब्याङ्क, जर्सी र ब्याङ्ग जे सफरा सरसिन, स्विट्जरल्याण्डमा थिए। जाँचमा स्वरूप बन्धुहरूसित यी खाताहरूमा विदेशी मुद्राको रूपमा सम्पत्ति रहेको थाहा लाग्यो, जुन विदेशी मुद्रा प्रबन्धन अधिनियम (फेमा) १९९९ को धारा चारको उल्लंघन हो। यसलाई फेमाको धारा 37ए अन्तर्गत जफत गरिएको छ। यस मामिलामा अघिको जाँच जारी छ।–हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement