एक महिलाको रहस्यमय मृत्युले सनसनी

00-1-Chhetriya-Samachar-3

इस्लामपुर: उत्तर दिनाजपुर जिल्लाको इस्लामपुर थानाको अजित बस कोलोनीमा शनिबार एक महिलाको रहस्यमय मृत्युले सम्पूर्ण क्षेत्रमा सनसनी मच्चाएको छ। घटनाको खबर पाएलगत्तै त्यहाँका मानिसहरू भेला हुन थालेका छन् । जानकारी अनुसार मृतक महिलाको नाम पूजा झा (३२) हो । स्रोतका अनुसार उक्त घरमा लामो समयदेखि पारिवारिक विवाद चलिरहेको थियो । र आज त्यही घरमा एक महिलाको रहस्यमय मृत्यु भएको छ । घटनाबारे इस्लामपुर पुलिस चौकीलाई खबर गरिएको थियो । घटनाको जानकारी पाएलगत्तै इस्लामपुर पुलिस चौकी घटनास्थलमा पुगेर शव निकालेर पोष्टमार्टमका लागि इस्लामपुर विभागीय अस्पताल पठाएर घटनाको अनुसन्धान सुरु गरेको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement