गुवाहाटी: पूर्वोत्तर राज्यहरूका साथै छिमेकी देश भोटानमा धेरै दिनदेखि लगातार पानी परिरहेको कारण ब्रह्मपुत्र नदी समेत राज्यका सबै नदीहरूको जलस्तर धेरै बढ़ेको छ। प्राप्त जानकारी अनुसार, अहिलेसम्म राज्यका ११ जिल्ला बाढ़को चपेटमा परिसकेका छन्। भोटानबाट निस्किने नदीहरूको जलस्तर बढ़ेको कारण तल्लो असममा भीषण बाढ़को स्थिति उत्पन्न भएको छ। ज्ञात होस्, तल्लो असमको तामुलपुरको कलझार गाउँ भीषण बाढ़को चपेटमा परेको छ। भोटानबाट बग्ने पगलादिया नदीको जलस्तर बढ़ेको छ, जसबाट गाउँमा पानी पसेको छ। गाउँको धेरै नजिक बस्ने यस नदीले गर्दा जलमग्न भएका गाउँका बासिन्दाहरू नदीको नवनिर्मित तटबन्धमा शरण लिन बाध्य छन्। गाउँलेहरूले पशुहरूलाई पनि बाँधेर लिएर आएका छन्। गाउँका ८० भन्दा अधिक परिवारहरूको पगलादिया नदीको पानीमा घर डुबेको छ। नदीको पश्चिमी हिस्सामा नवनिर्मित बाँधको कारण गाउँमा नदीको पानी जमा भएको छ। प्रशासनद्वारा राहत र बचाव कार्यमा भइऱहेको ढिलाईको कारण मानिसहरूको समस्या बढ़्दै गइरहेछ।-हिस