बाग्राकोट। आज बिहान ८ बजेदेखि श्मशानघाटमा वैदिक विधिद्वारा पूजा-अर्चना गरि उद्घाटन गरियो। उक्त कार्यक्रममा बाग्राकोट वरिपरिका दाहसंस्कार प्रथावलम्बीहरू अनि खरसाङका विधायक बीपी बजगाईं, सिलगढ़ीका व्यवसायी प्रमोद बन्सल, सुनिल सिंहल, रमेश अग्रवाल, किशन अग्रवाल, शंकर अग्रवाल, बीबी विश्वकर्मा,बाग्राकोट चियाबारीका प्रवन्धक आनन्द लस्कर, सह प्रवन्धक ध्रुव सरकार मुख्यरूपमा उपस्थित थिए। पूजा-अर्चनाको समापनपछि अतिथिहरूसहित् उपस्थित सबै शवदाहप्रथावलम्बीहरू टपलाईन स्थित भिमसेन भवनतर्फ प्रस्थान भए।

भिमसेन भवनमा सर्वप्रथम प्रमुख अतिथि, विशिष्ट अतिथिगणको आशन ग्रहणपछि उहाँहरूलाई खदार्पणद्वारा सम्मान जनाइयो। त्यसपछि निर्माण समितिका अध्यक्ष एसके खड्काद्वारा स्वागत् वक्तव्य राखेपछि निर्माण समितिका सचिव मदन खड्काले सचिवको प्रतिवेदन राखे अनि निर्माण समितिकै कोषाध्यक्ष विनोद प्रधानले आयव्ययको फाँटवारी सुनाए। यसैबिचमा सिलगढीबाट आउनु भएका सुनिल सिंहलले आफ्नो छोटो वक्तव्यमा निर्माण समितिका पदाधिकारीगणलाई निर्माण कार्यमा लागिपरेर यहाँसम्म ल्याईपुऱ्याएकोमा धन्यवाद ज्ञापन गर्दै श्मशानघाटको उत्तरपटि दुईवटा मन्दिर निर्माण गरिदिने बचन दिए। यसैक्रममा खरसाङ विधानसभा क्षेत्रका विधायक बीपी बजगाईंले वक्तव्यको क्रममा यस श्मशानघाटको निर्माण सम्बन्धी एउटा स्मारिका प्रकाशन गराई दिने बचन दिँदै घाटको सुरक्षार्थ बाँध निर्माणमा पहल गरिदिने बचन पनि दिए। आगोसका अध्यक्ष सघन मोक्तानले पनि श्मशानघाटको सुरक्षा बाँध सम्बन्धी अगावै पहल गर्दै आएको भनि विधायकलाई अवगत गराउँदै अझ जोड़ दिने आग्रह गर्यो। सिलगढ़ीबाट आएका बीबी विश्वकर्माले पनि आफ्नो वक्तव्यमा यस घाटलाई रेजिष्टेशन आफ्नै खर्चमा गराई दिने बचन दिँदै स्मारिकाको कार्यमा सक्दो सहयोग पुऱ्याउने बचन दिए। अन्तमा अवकाशप्राप्त क्याप्टन खगेन्द्र शर्माले धन्यवाद ज्ञापन गरे भने कार्यक्रम समापनको घोषणा गरियो। कार्यक्रमको सञ्चालन एसके खड्काले गरेका थिए।