नगरेको काम हामीले गरेको भन्दै ढोल पिट्दैछ तर जनता भ्रममा नपर्ने एडवार्डको आह्वान्

IMG-20230617-WA0324.jpg

दार्जीलिङ: नगरेको काम पनि हामीले गरेको भन्दै ढोल पिट्दैछ तर पहाडवासी भ्रममा नपर्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आह्वान् गरेका छन्। गत केही दिन अघिदेखि जीटीए सभाको सत्ता पक्ष राजनैतिक पार्टीको नेतृत्वहरूले पहाडमा पञ्चायती राज हामीले ल्याएको हो भन्दै ढोल पिँट्दैछ। तर पहाडमा पञ्चायत चुनाव हुन कसरी सम्भाव भयो भन्ने विषयबारे उनीहरूले पहाडवासीलाई भ्रममा राख्ने काम गर्दैछ। दार्जीलिङ नगरपालिकाको चुनावपछि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी दार्जीलिङ आएकी थिइन्। त्यस अवधि उनले यहाँको रिचमण्ड हिल सरकारी आवासमा पहाडको सबै राजनैतिक दलहरूको नेतृत्वहरूलाई बोलाएर अलग अलग बैठक गरेका थिए। त्यस अवधि हाम्रो पार्टीलाई पनि निम्ताएका थिए अनि आफु लगायत तत्कालीन दार्जीलिङ नगरपालिकाको चेयरम्यान रितेश पोर्तेल लगायत अन्य नेतृत्वहरूले मुख्यमंटन्त्री ममता ब्यानर्जीसँग भेट गरेर छुट्टै बैठक गरेका थिए। त्यस अवधि हामीले पहाडमा अविलम्ब पञ्चायत चुनाव गराउने मांग गरेका थियौं अनि मुख्यमन्त्री ममता ब्यानर्जी स्वयमले मधेशमा तीन स्तरीय पञ्चायत चुनाव हुन्छ अनि पहाडमा पनि तीन स्तरीय पञ्चायत चुनाव होस् भन्ने मेरो चाहना छ। तर पहाडमा तीन स्तरीय पञ्चायत चुनाव गराउनलाई कतिपय संवैधानिक असुविधाहरू रहेको बताउँदै पहाडमा सक्दो तीन स्तरीय पञ्चायत चुनाव गराउनलाई प्रयास गर्ने तर सम्भाव नभएको खण्डमा दुई स्तरीय भए पनि गराउने हामीलाई वचन दिएका थिए। तर पहाडमा पञ्चायत चुनाव गराउन अघि जीटीए सभाको चुनाव गराउने मुख्यमन्त्री ब्यानर्जीले हामीलाई बताएका थिए। त्यस अवधि जिल्लाधिकारी, पुलिस अधीक्षक पनि साथमा थिए। हाम्रो पार्टी अध्यक्ष एडवाडर्सले बताए। जीटीए सभाको सत्ता पक्षले पहाडमा हामीले पञ्चायती राज ल्याएको हो भन्दै विज्ञापन गर्दै हिँडदैछ। उनीहरूले यस्ता झूठो विज्ञापनहरू गर्न सक्छ अनि उनीहरूले गर्दै नगरेको कार्यहरू हामीले नै गरेको हो भन्न सक्छ अनि यसको श्रेय पनि लिन सक्छ। तर उनीहरूको यस्तो भ्रमित कुराहरूमा पहाडवासी भ्रमित नभई दिने आह्वान् गर्दै अब हुने पञ्चायत चुनावमा नेताहरूले होइन, जनताले, गाउँले, समाजले जित्न पर्छ हामो पार्टी अध्यक्ष अजय एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement