नेहरू मेमोरियलको नयाँ नामाकरणलाई लिएर कांग्रेस-भाजपामाझ वाकयुद्ध चर्कियो

00-1-Nehru-Memorial-Museum

नयाँ दिल्ली: नेहरू मेमोरियल म्यूजियम एण्ड लाइब्रेरी सोसाइटीको नयाँ नामकरण गरिएकोमा भारतीय जनता पार्टी (भाजपा) र कांग्रेसमाझ शब्द युद्ध चर्किएको छ। कांग्रेस नेता गौरव वल्लभले यस प्रयासलाई भाजपाको तुच्छ मानसिकताको संज्ञा दिँदै भने, जवाहरलाल नेहरूको नाम बोर्डबाट हटाउँदैमा उनको व्यक्तित्व सानो हुनेछैन। देशका मानिसहरू नेहरूजीलाई आधुनिक भारतको निर्माता मान्दछन्। भाजपा सरकारले देश समक्ष आफ्नो सस्तो मानसिकता प्रदर्शन गरिरहेको छl’ यता भाजपा प्रवक्ता शहजाद पूनावालाले प्रत्याक्रमण गर्दै भने, ‘कांग्रेसले एउटा परिवारदेखि माथि उक्लेर हेर्न सक्दैन। यो एउटा फ्यामिली लिमिटेड कम्पनी, एउटा फ्यामिली लिमिटेड एन्टरप्राइज हो। यदि प्रधानमन्त्री एचडी देवगौड़ा, इन्द्र कुमार गुजराल, चरण सिंह, चन्द्रशेखर एवं अन्य जसले यस देशको निम्ति योगदान दिएका छन्,- लाई सम्मान दिइन्छ भने यसमा गलत के छl’

भाजपा सांसद सुशील मोदीले अझ थपे, ‘कांग्रेसले संग्रहालयमा जवाहरलाल नेहरूको योगदानलाई सही ढंगमा प्रदर्शित गरेको छैन। संग्रहालयमा उनका केही कागज-पत्र र चौकीहरू मात्र राखिएको छ। तर अब यसलाई एकदमै सही ढंगमा प्रदर्शित गरिएको छ। पहिला यो जवाहरलाल नेहरूमाथि मात्र केन्द्रित थियो भने अब सबै प्रधानमन्त्रीहरूको योगदानलाई देखाइएको छ। यसैले अब यसको नाम जवाहरलाल नेहरूको नाममा मात्र राख्न मिल्दैनl’ –हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement