खरसाङ: आगामी पञ्चायत चुनावको लागि आज स्क्रुटीनी (जाँच) को कार्य धमाधम चलिरहेको छ। आगामी ८ जुलाईमा हुने पञ्चायत चुनावको लागि आज खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा ग्राम पञ्चायत सदस्यहरू र पञ्चायत समितिको लागि प्रार्थीहरूको नामांकन पत्र जाँच गर्ने कार्य चलिरहेको छ। समाचार लेखुञ्जेलसम्म १४ वटा ग्राम पञ्चायतहरूमा ८ वटा ग्राम पञ्चायतहरू उठेका प्रार्थीहरूको जाँच सकिएको थियो भने रहल जाँचको कार्य लगातार रूपमा चलिरहेको छ।

खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा पञ्चायत चुनावको लागि पञ्चायत सदस्य सिट १२७ रहेको छ भने पञ्चायत समितिको सिट ३१ रहेको छ। यी सिटहरूमा विभिन्न राजनैतिक पार्टीहरूका प्रार्थीहरू निर्दलीय गरेर पञ्चायत सदस्य र पञ्चायत समितिको लागि जम्मा ४४३ जनाले गत १५ जूनको दिन नामांकन पत्र बुझाएका थिए। पञ्चायत चुनावको लागि प्रार्थीहरूको नामांकन पत्र जाँच गर्ने कार्य खरसाङ खण्ड विकास कार्यालयमा चलिरहेको छ। उक्त नामांकन पत्र जाँचको कार्य खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत एकबाट शुरु गरिएको थियो भने सन्त मेरिज ग्राम पञ्चायत दुई हुँदै पाण्डु ग्राम पञ्चायतको प्रार्थीहरूको नामांकन पत्र जाँच चलेको थियो अनि समाचार लेखुञ्जेलसम्म खरसाङ खण्ड अन्तर्गत पर्ने ८ वटा ग्राम पञ्चायतहरूमा रहेको प्रार्थीहरूको नामांकन पत्र जाँच गरिसकेको थियो भने रहल जाँचको कार्य चलिरहेको छ।

पञ्चायत चुनावको लागि आफ्नो प्रार्थी फिर्ता लिने अन्तिम मिति २० जून रहेको छ भने पञ्चायत चुनाव आगामी 8 जुलाईको दिन हुने भएको छ।