अभिनेत्री अमीषा पटेलले राँची सिविल कोर्टमा सरेन्डर गरिन्

00-1-Amisha-Patel

राँची: फिल्म अभिनेत्री अमीषा पटेल शनिबार चेक बाउन्सको एक मामिलामा राँची सिविल कोर्टमा उपस्थित भइन्। पटेलले राँची सिविल कोर्टका सिविल जज सीनियर डिविजन डीएन शुक्लाको कोर्टमा सरेन्डर गरिन्। कोर्टले १० हजारको दुई बेल बन्डमा जमानत दिए। अमीषा पटेल सरेन्डर गर्न अनुहार ढाकेर कोर्ट पुगेकी थिइन्। पटेल विरूद्ध राँची सिविल कोर्टबाट वारन्ट जारी गरिएको थियो। झारखण्डका फिल्म निर्माता अजय कुमार सिंहको तर्फबाट अमीषा पटेल र उनका बिजनेस पार्टनर कुणाल ग्रूमर विरूद्ध चेक बाउन्स, धोखाधड़ी र धमकीको मामिला दर्ता गरिएको थियो, कोर्टले यही मामिलामा वारन्ट जारी गरेको थियो। जब नोटिस पठाएपनि अभिनेत्री कोर्टमा हाजिर भइनन् तब कोर्टले वारन्ट जारी गरेको थियो। यो मामिला सन् २०१७ को हो। यसमा हरमू हाउसिङ कोलोनीमा एक कार्यक्रममा अजय कुमार सिंहको अमीषासित भेट भएको थियो। फिल्महरूमा पैसा लगाउने अफर पाएका थिए। फिल्म देशी मैजिक बनाउने नाममा उनले ढाई करोड़ रूपियाँ अमीषाको खातामा ट्रान्सफर गरेका थिए। अजय कुमार सिंह लवली वर्ल्ड इन्टरटेन्मेन्टको प्रोपाइटर हुन्। दुवै पक्षबीच भएको समझौता अनुसार जब फिल्म जून २०१८ मा रिलीज भएन तब अजयले पैसा फर्काउने माग गरे। तब अनाकानी गरेपछि अभिनेत्रीले अक्टोबर २०१८ मा दुई वटा चेक दिइन्, जुन बाउन्स भयो, यसपछि अजय सिंहले कोर्टको दैलो ढकढकाएका थिए। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement