प्रार्थीहरूलाई धम्काउने कार्य गरिएको भाजपाको आरोप

IMG-20230617-WA0311.jpg

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रहेका कतिपय ग्राम पञ्चायत क्षेत्रबाट पञ्चायत चुनाउको निम्ति खडा भएका भारतीय जनता पार्टी अनि गठबन्धनका प्रार्थीहरूलाई चुनावमा प्रतिद्वान्दिता गर्ने विरोधी पार्टीका कार्यकर्ताहरूले घर घरमा गएर धम्काउने कार्य गरिरहेको आरोप भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला सचिव सोनाम लामाले लगाएका छन्। उनले खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायतमा यस प्रकारको घटना भइरहेको जनाउँदै यदि उनीहरूलाई यो चुनाउमा हार्ने डर थियो भने चुनाउमा उठ्नु नै हुने थिएन भन्दै यो चुनाउ भनेको एउटा गाउँलाई बनाउने चुनाउ हो। त्यसर्थ जनताले पनि कसैको करकाप र डर नबोकी खुल्ला रूपले अघि आएर आफ्नो मताधिकारको प्रयोग गर्ने आग्रह गरेका छन्। भारतीय जनता पार्टी दार्जिलिङ जिल्लाको सचिव सोनाम लामाले खरसाङ खण्डमा रहेको १२७ पञ्चायत सिटहरूमा भाजपा र गठबन्धन दलहरूले ९० भन्दा बेसी प्रार्थीहरू रहेको र भाजपाको आफ्नो चुनाव चिन्हमा मात्र ८० जनाले चुनावको लागि नामांकन पत्र बुझाएको जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *