कुचबिहारमा तृणमूल उम्मेदवारलाई अपहरण गर्ने प्रयास

9d3a5af9-6bdc-4a5b-9bce-86fb94f9f374

कुचबिहार: रातको अँध्यारोमा हात खुट्टा बाँधेर तृणमूल उम्मेदवारलाई अपहरण गर्ने प्रयास गरिएको छ। घटनाले क्षेत्रमा निकै सनसनी फैलाएको छ। घटना शीतलकुची नगरको लालबजार क्षेत्रको हो। प्राप्त जानकारीअनुसार अबेर राति, नगर लाल बाजारको बूथ संख्या २७८ को प्रत्याशी खबीर हुसैन मियालाई, जो उक्त बूथको तृणमूल अध्यक्ष पनि हुन्, हाथ-खुट्टा बाँधी अपहरण गर्ने कोशिश गरिएकाे छ। उनको परिवारले अपहरणकाे कोशिश थाहा पाएपछि, अपहरणकर्ता, तृणमूल उम्मेदवारलाई छोडेर भागे। घटनामा घाइते भएका हुसैन मियालाई पहिले शीतलखुची ब्लक स्वास्थ्य केन्द्र लगिएको थियो र त्यहाँबाट उनको माथाभाङ्गा डिभिजन अस्पतालमा उपचार भइरहेको छ।

यसैबीच, तृणमूल ब्लक अध्यक्ष तपन कुमार गुहाको नेतृत्वमा तृणमूल कार्यकर्ताहरूले तृणमूल उम्मेदवारलाई कुटपिटको सम्बन्धमा सीतलकुची सिताई रोड अवरुद्ध गरे। उनले घटनाका दोषीलाई तत्काल पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *