पश्चिम इटखोला क्षेत्रमा रेलको ठक्करबाट एक महिलाको मृत्यु

75d66435-027d-4334-92a2-a2bfb03f0d0d

अलिपुरद्वारः शनिबार दिउँसो १२ बजेतिर अलिपुरद्वार नगरपालिकाको वार्ड नम्बर १३ छेउमा रहेको पश्चिम इटखोला क्षेत्रमा रेलको ठक्करबाट एक वृद्धा महिलाको मर्मान्तिक मृत्यु भएको घटना प्रकासमा आएको छ। लाली पासवान नामकी ७० वर्षीया वृद्धा महिला घरबाट बाहिर निस्केर रेल लाइन पार गर्दै थिइन् त्यतिबेला डाउन बामनहाट प्यासेन्जर ट्रेन अलिपुरद्वारबाट जंक्शनतर्फ गइरहेको थियो। उमेरका कारण रेलको आवाज सुन्न नसक्ने लाली पासवानलाई रेलले ठक्कर दिई करिब ३० फिटसम्म घिसार्दै लगेको थियो भने उनको शरीर दुई फ्याकमा काटिएर घटनास्थलमै मृत्यु भएको थियो। खबर पाएलगत्तै जंक्शन रेलवे पुलिस घटनास्थलमा पुगेर शव बरामद गरेको थियो। स्थिति नियन्त्रणमा लिन अलिपुरद्वार थानाको पुलिसबल घटनास्थल पुगेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement