बेलारुसमा रुसले गर्यो आणविक हतियार तैनाथ

Vladimir-Putin

रुसले बेलारुसमा आणविक हतियार तैनाथ गरेको पुष्टि गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक हतियारको पहिलो समूह तैनाथ गरिएको र रुस वा यसको कुनै पनि क्षेत्र जोखिममा पर्दा मात्र प्रयोग गरिने बताएका छन्। युक्रेनमा आक्रमण गर्न रुसले आणविक हतियार प्रयोग गर्ने योजना बनाएको कुनै संकेत नभएको अमेरिकाले जनाएको छ। पुटिनको भनाइपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने, ‘रुसले आणविक हतियार प्रयोग गर्ने तयारी गरिरहेको हामीले कुनै सङ्केत देखेका छैनौँ।’

बेलारुस एक प्रमुख रूसी सहयोगी हो। गत वर्ष फरवरीमा युक्रेनमा आक्रमण गरेदेखि रुसले बेलारुसलाई प्रक्षेपण प्याडको रूपमा प्रयोग गर्दै आएको छ। राष्ट्रपति पुटिनले आणविक हतियार हस्तान्तरण गर्मीको अन्त्यसम्ममा सम्पन्न हुने बताएका छन्। सेन्ट पिटर्सबर्ग इन्टरनेशनल इकोनोमिक फोरममा भाषणपछि प्रश्नको जवाफ दिँदै रुसी राष्ट्रपतिले हामीलाई हराउने सोच राख्नेहरूका लागि यो कदम चालिएको बताए। आणविक हतियार प्रयोग गर्ने सम्भावनाबारे सोधिएको प्रश्नमा रुसी राष्ट्रपतिले भने, ‘हामीले सारा विश्वलाई किन धम्की दिने? मैले पहिले नै भनेको छु, यस्तो कदम रूसलाई खतराको अवस्थामा मात्र लिइन्छl’ सामरिक आणविक हतियारहरू साना आणविक हतियारहरू हुन् जुन युद्धको मैदानमा वा सीमित आक्रमणको लागि प्रयोग गरिन्छ। यसबाट शत्रुहरूलाई निश्चित क्षेत्रमा लक्षित गर्न सकिन्छ र यसको प्रभाव फराकिलो क्षेत्रमा फैलिँदैन।

सबैभन्दा सानो रणनीतिक आणविक हतियारहरू एक किलोटन वा कम (एक हजार टन विस्फोटक टिएनटी बराबर उत्पादन गर्ने) हुनसक्छ र सबैभन्दा ठूलो १०० किलोटन जति ठूलो हुनसक्छ। तुलनात्मक रूपमा हेर्दा अमेरिकाले १९४५ मा हिरोसिमामा खसालेको आणविक बम १५ किलोटन थियो। हिरोसिमा शहरका दुई तिहाइ भवनहरू एक सेकेन्डमा ध्वस्त भए। आगोको आँधी धेरै किलोमिटरसम्म फैलिएको थियो। एकै क्षणमा हिरोसिमाको कुल २ लाख ५० हजार जनसंख्याको ३० प्रतिशत अर्थात् ८० हजार मानिसको मृत्यु भएको थियो। एटम बम विष्फोटका कारण मडारिएको बादलका कारण राति ११ बजे हिरोसिमामा ठूलो पानी पर्न थाल्यो। त्यो कालो वर्षा थियो जसमा विष्फोटबाट उत्पन्न हुने फोहोर, धुलो र रेडियोधर्मी तत्वहरू थिए। वास्तवमा यो कालो भन्दा गाढा पानी पर्यो, ग्रीज जस्तै केहि जसले भित्ता र लुगाहरूमा अमिट छाप छोडिरहेको थियो।


About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement