सिक्किमका राज्यपाल र मुख्यमन्त्रीद्वारा भ्रमण

SAVE_20220516_231242.jpg

गान्तोक। आज राजधानीको एमजी मार्गमा लगाइएका विभिन्न उत्पादहरूको बिक्री एवं प्रदर्शनीको सिक्किमका राज्यपाल गंगा प्रसाद र मुख्यमन्त्री प्रेमसिंह तामाङले भ्रमण गरे। उक्त प्रदर्शनीमा स्वयं सहायता समूह, महिला एवं बाल विकास विभाग तथा अन्य विभिन्न संस्थाहरूले स्टल लगाएका छन्।
यस अवसरमा राज्य संस्कृति विभागले आजादीको अमृत महोत्सवको ब्यानरमा रंगारंग सांस्कृतिक कार्यक्रम पनि आयोजना गरेको थियो। कलाकारहरूले राज्यका विभिन्न समुदायका संस्कृति र परम्पराहरूलाई झल्काउने कार्यक्रमहरू प्रस्तुत गरे। यस कार्यक्रमको आनन्द स्थानीय मानिसहरूका साथै पर्यटकहरूले पनि उठाएका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *