दार्जिलिङ रोड हुँदै शिवमन्दिरदेखि सेवक आर्मी क्यान्टोनमेन्टसम्म ६ लेनको सडक निर्माण कार्य शुरु

54a23e3b-3a7d-468b-88f7-7efd3095e7b9

सिलगढी: शिव मन्दिरदेखि दार्जीलिङ मोड हुँदै सेवक आर्मी क्यान्टोनमेन्टसम्म ६ लेनको सडक निर्माणको काम सुरु भएको छ। यसका लागि सो क्षेत्रमा ठूला रुख काट्ने काम भइरहेको छ। त्यहाँबाट सडक छेउका पसल हटाउन माइकबाट घोषणा गरिएको छ । सबैलाई ठाउँ खाली गर्न ३ महिनाको समय दिइएको छ र यहीँबाट समस्या सुरु भएको हो । यो सडक जता जान्छ, सडकका दुबै छेउका पसलहरूको निद्रा हरायो । कसैले ३५ वर्ष र कसैले ४० वर्षदेखि यहाँ पसल चलाएर परिवार पालिरहेको यी पसले बताउँछन् । सबै परिवारका छोराछोरीको पढाइदेखि लिएर सबै खर्च यही पसलबाटै चल्छ । यस्तो अवस्थामा पसल हटाउनुपर्ने हो भने कहाँ जाने, के गर्ने, बुझ्न सकिरहेका छैनन् । श्रीमान बिदेसिएदेखि नै यो होटेल चलाएर छोराछोरीको हेरचाह गरिरहेको पसलकी रिता साह बताउँछिन्। अब होटल भएन भने कसरी बाँच्ने ? पसल बिभास पालको पनि यस्तै समस्या छ । सडक त बनाउनुपर्छ तर सरकारले पनि सोच्नुपर्ने उनको भनाइ छ । उनीहरुले बजार कम्प्लेक्स निर्माण गरी पुनःस्थापना गर्न सरकारसँग माग गरेका छन् । ताकि उनीहरु भोकले मर्ने सम्भावना नहोस् ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement