दार्जीलिङ: जनताले नयाँ युग ल्याउँदैछ, जनताको राज आउँदैछ। उक्त मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले पोखेको हो। शहरको सन्त रोवर्ड उच्चतर माध्यमिक विद्यालयको बुथमा मतदान गरेपछि पत्रकारहरूसँगको कुराकानी हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डले चुनाव भनेको फुटबल म्याज हो अनि यो कुराकानी म बारम्बार भन्दै आईरहेको छु। चुनाव रूपी फुटबल म्याज सकियो। चुनाव प्रचार प्रसारको क्रममा हामी एक अर्काहरू माझ धेरै आरोप प्रतिारोपहरू लगायौ होला तर अब हामी सवै प्रार्थीहरूले ती सवै कुराहरूलाई भूलेर माया प्रेम बाटन पर्छ। चुनाव हो हार र जीत हुन्छ नै तर हामी माझ माया अनि प्रेम हुनपर्छ अध्यक्ष एडवार्डसले दोहोराए। तिनले अझ भने, आज मतदान शान्ती पूर्ण भएको हामीले खबर पायौ यो अति नै खुशीको कुरा हो। दार्जीलिङ पहाडबासीले यस पटक नयाँ युग अनि जनताको राज ल्याउने मन बनाएको छ अनि आफुलाई पनि पहाडमा यस पटक अवश्य जनताको राज आउनेछ भन्ने आफु पूर्ण आशाबादी रहेको अध्यक्ष एडवार्डसले दोहोराए। तिनले अघि भने मतदान शान्ती पूर्ण भएको छ अनि २९ जूनको दिन मतगणना हुने भएको छ,हामी मतगणनाको लागि पनि पूर्ण तयारी छौ। हार जीत हुन्छ नै,जित्ने पनि पहाडबासीको जन आकांक्षलाई ध्यानमा राखेर काम गर्नपर्छ अनि हार्ने पनि विपक्षीको भूमिका निभाउनु सक्नु पर्छ। पहाडमा दरो विपक्षी नभएको कारणले गर्दा जनताले दुख पाएको हो साथै मिडियाँ कर्मीहरूले पनि खुला प्रकारले काम गर्न सकेको छैन, प्रेस मिडिया भनेको देशको चैथो स्तम्भ हो अध्यक्ष एडवर्डसले भने।









