नेपाल: राष्ट्रपति पौडेल फेरि अस्पतालमा भर्ना

00-1-Nepal-President-Ramchandra-Paudel-1

मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य स्थिर रहेको अस्पतालले जानकारी दिएको छ। मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी दिएको हो। शुक्रबार राति स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको थियो। गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो। अघिल्लो महिना मात्रै राष्ट्रपति पौडेलले भारतको नयाँदिल्लीमा उपचार गराएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement