जकार्ता: भारतीय स्टार ब्याडमिन्टन खेलाड़ी एचएस प्रणय र सात्विकसाईराज रंकी रेड्डी-चिराग शेट्टीको भारतीय जोड़ी शुक्रवार इन्डोनेशिया ओपर सुपर १००० ब्याडमिन्टन टुर्नामेन्टको सेमिफाइनलमा प्रवेश गऱ्यो। सात्विक-चिरागको जोड़ीले फजर अलफियान र मोहम्मद रियान अर्दियान्तोको शीर्ष वरीय जोड़ीलाई २१-१३, २१-१३ ले हराएर पुरुष युगलको सेमिफाइनलमा प्रवेश गऱ्यो। प्रणयले जापानका कोडाई नारोकामाथि २१-१८, २१-१६ जित हासिल गरे भने किदांबी श्रीकान्त चीनका ली शी फेङसॅंग १४-२१, २१-१४, १२-२१ ले पराहित भएर प्रतियोगिताबाट बाहिरिए। -हिस