१७ जूनः आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनशीपको फाइनलमा विश्वका नम्बर एक टेस्ट बलर रविचन्द्रन अश्विनलाई प्रथम एकादशबाट बाहिर राख्ने भारतीय टीमको फसेलाको सर्वत्र आलोचना भएको छ। वर्तमान र पूर्व क्रिकेटरहरूले भारतीय टीम म्यानेजमेण्टको आलोचना गरेका छन्। यसबीच अश्विन चाहिँ आफ्नो परिवारलाई ईंग्ल्याण्डमै छोड़ेर कोयम्बटुरमा जारी तमिलनाडु प्रीमियर लीगमा डिण्डीगुली ड्रेगन्स टीममा सामेल भएका छन्। यसले क्रिकेट प्रति उनको मायालाई दर्शाउँछ। यसबीच अश्विनले डब्ल्यूटीसी फाइनलबाट बाहिर भएको विषयमा निराशा व्यक्त गरेका छन्। अश्विनले भने, म फाइनलमा खेल्न चाहन्थे तर दुर्भाग्यवश यस्तो हुन सकेन। जे भए पनि म हताश भएको छुइनँ।
अश्विनले टीम इण्डियालाई डब्ल्यूटीसी फाइनलसम्म पुऱ्याउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। अश्विनले बताएअनुसार, फाइनलको प्रथम एकादशमा उनको नाम रहने कुरा उनलाई म्याच शुरु हुन ४८ घण्टा अघि नै थाहा लागेको थियो। यसको साथमा अश्विनले उनी कसरी एकजना ब्याटरबाट बलर बने भन्ने पनि बताए। भारतको खराब बलिंग देखेर नै बलर बन्ने फसेला गरेको अश्विनले स्पष्ट रूपमा बताए। अश्विनले भने, यो साँचो कुरा हो अनि म कुनै बनावटी कुरामा गर्दिनँ। एकदिन म भारत र श्रीलंकाबीच म्याच हेरिरहेको थिएँ अनि त्यस म्याचमा भारतीय बलिंगको दुर्दशा भएको थियो। मेरो मन पर्ने क्रिकेटर सचिन तेन्दुलकर थिए अनि उनले मेहनत गरी बनाएको रनलाई हाम्रा बलरहरूले मनपरी खर्च गरिरहेका थिए। यसैकारण मैले एकदिन बलर बन्ने फसेला गरे। अहिले सोच्दा त्यो त्यो नानीहरूको खेल जस्तो लाग्न सक्छ तर मैले बलर बन्ने अठोट गरिसकेको थिएँ। यसैकारण अफ् स्पिन बलिंग शुरु गरे। त्यहीँबाट बलरको रूपमा मेरो करियरको शुरुवात भयो। जे भए पनि खेलबाट सन्न्यास लिएको दिन चाहिँ मलाई यस फसेलामाथि पछुतो हुन सक्छ कारण म असल ब्याटर थिएँ। म कहिले बलर बनिनु हुने थिएँ। उल्लेखनीय छ, अफ् स्पिनर अश्विनले अहिलेसम्म ९२ वटा टेस्ट म्याच खेलेर ४७४ विकेट लिएका छन्। यसरी नै उनले ११३ वटा वनडेमा १५१ र ६५ वटा टी२०आई म्याचमा ७२ विकेट लिएका छन्। अश्विनले आफ्नो क्रिकेट करियरको शुरुवात ब्याटरको रूपमा गरेका थिए तर पछिबाट उनले बलर बन्ने फसेला गरेका थिए।