बीरपाडा: माक्रापाडा बाशा लाइनको बाटोको दुवै किनार जङ्गलले ढाकेकोले मानिसहरू आउजाउ गर्न धेरै असुविधा भइरहेको जनगुनासो रहेकोले आज माक्रापाडा त्रिवेणी संघका सदस्यहरूले उक्त बाटोको सरसफाइ गरियो। उक्त बाटो सफाइ अभियानको निम्ति यहाँका जनसाधारणले माक्रापाडा त्रिवेणी संघप्रति हार्दिक कृतज्ञता प्रकट गरेका छन्।

जङ्गल फाडेर बाटो सफाइ गर्ने क्रममा विशेष रूपमा उपस्थित थिए संघका संयोजक सबिन थापा, अध्यक्ष सनम लिम्बू, सचिव सत्यम तामाङ, कोषाध्यक्ष मनिस थापा, बसन राई, राम थापा, किशोर कुर्मी, किरण छेत्री, सुनाम थापा, जेम्स एक्का, अर्पण थापा, भारत सुन्यार, डेनिस लेप्चा आदि उपस्थित थिए।