पेरिस: फ्रान्सको पश्चिमी क्षेत्रमा भूकम्पको शक्तिशाली झट्का महसुस गरियो। रेक्टर स्केलमा यसको तीव्रता ५.८ रेकर्ड गरिएको छ। भूकम्पको झट्काले धेरै भवनहरूलाई क्षति पुगेको बताइएको छ। ११०० भन्दा धेरै घरहरूमा बिजुली आपूर्ति ठप्प छ। फ्रान्सका वैज्ञानिकहरू अनुसार, २००० को दशकपछि देशमा यस तीव्रताको भूकम्प आएको हो। राष्ट्रिय भूकम्पीय निगरानी केन्द्र (राष्ट्रिय नेटवर्क रेनास) ले भनेको छ, भूकम्पको तीव्रता ५.३ रह्यो। तर, फ्रेन्च सेण्ट्रल सीस्मोलजिकल ब्यूरोले रिक्टर स्केलमा भूकम्पको तीव्रता ५.८ बताएको छ। भूकम्पको झटका उत्तरमा रेन्नेस र दक्षिण-पश्चिममा बोर्डोसम्म महसुस गरियो। -हिस