यूरोपियन च्याम्पियनशीप (यूरो कप) क्वालीफायरःईंग्ल्याण्ड, फ्रान्स र स्विट्जरल्याण्ड विजयी

IMG-20230617-WA0160.jpg

१७ जूनः यूएफा यूरोपियन च्याम्पियनशीप (यूरो कप) फूटबल प्रतियोगिताको क्वालीफाइंग चरणमा शक्तिशाली फ्रान्सको साथमा ईंग्ल्याण्ड, स्विट्जरल्याण्ड र डेनमार्कले जीत हासिल गऱ्यो। शुक्रवार राति खेलिएको म्याचमा फ्रान्सले जिब्राल्टरलाई ३-०-ले पराजित गऱ्यो। ग्रुप बी-को यस म्याचमा विश्व कपमा उपविजेता रहने टीमबाट अनुभवी ओलिवियर गिरोडले तेस्रो अनि कीलियन एम्बाप्पेले मध्यान्तर अघि स्टपेज टाइमको तेस्रो मिनटमा गोल गरे। एक गोल आत्मघाती (एमेन मौलेही, ७८औं मिनट) रह्यो। यस जीतको साथै फ्रान्स ३ वटा म्याचमा ९ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा पुग्यो। यस ग्रुपको अन्य एउटा म्याचमा ग्रीसले आयरल्याण्डलाई २-१-ले पराजित गऱ्यो। ग्रीस आफ्नो दुवै म्याच जितेर ६ पोइण्ट्सको साथ दोस्रो स्थानमा रहेको छ।

यसरी ईंग्ल्याण्डले ग्रुप सी-को म्याचमा माल्टा विरुद्ध ४-०-ले एकतर्फी जीत दर्ता गऱ्यो। फर्दिनान्दो एपापले आठौं मिनटमा आत्मघाती गोल गरेपछि ईंग्ल्याण्डले मध्यान्तर अघि अझ २ गोल हासिल गऱ्यो। ट्रेण्ट एलेक्जेण्डर-अर्नोल्डले २८औं र हेरी केनले ३१औं मिनटमा गोल गरे। अन्तमा कलम विल्सनले ८३औं मिनटमा गोल गरी ईंग्ल्याण्डलाई ४-०-ले जीत दिलाए। यस जीतपछि ईंग्ल्याण्ड ९ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा कायम रह्यो। यस ग्रुपमा युक्रेनले नर्थ मेसिडोनिया विरुद्ध ३-२-ले रोमाञ्चक जीत हासिल गऱ्यो। म्याचमा मध्यान्तरसम्म त नर्थ मेसिडोनिया २ गोलले अघि रहेको थियो तर युक्रेनले दोस्रो हाफमा असाधारण प्रदर्शन गर्दै ३ गोल गरी म्याच जित्यो। युक्रेन ३ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा इटलीभन्दा अघि दोस्रो स्थानमा रहेको छ।

ग्रुप एच-मा डेनमार्कले नर्दर्न आयरल्याण्डलाई १-०-ले पराजित गऱ्यो। म्याचमा एकमात्र गोल जोनास विण्डले ४७औं मिनटमा छिराए। यसै ग्रुपको अन्य एउटा म्याचमा कजाखस्तानले सान मारिनोलाई ३-०-ले पराजित गऱ्यो। यसबाहेक फिनल्याण्डले स्लोवेनिया विरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस ग्रुपमा अहिले शीर्ष चारमा रहने सबै टीमसँग ६-६ पोइण्ट्स रहेको छ तर गोल अन्तरको आधारमा डेनमार्क पहिलो, कजाखस्तान दोस्रो, फिनल्याण्ड तेस्रो र स्लोवेनिया चौथो स्थानमा रहेको छ। स्विट्जरल्याण्डले ग्रुप आई-को म्याचमा एण्डोर्रा विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। स्विस् टीम अहिले ९ पोइण्ट्सको साथ ग्रुपको शीर्ष स्थानमा रहेको छ। यस ग्रुपमा रोमानिया र कोसोवोबीचको म्याच गोलरहित ड्र (०-०)-मा समाप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement